राैतहट। आइतबार बिहान करिब ८ बजेको समयमा चट्याङ्ग लागि रौतहटमा एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका १ जयनगर निवासी वर्ष ६५ को सियाराम बनियाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार आफ्नै घर अगाडि बाँधेका बाख्रा खोल्ने क्रममा चट्याङ्ग लागि बेहोस हुनुभएको बनियाँ लाई उपचारको लागि
पर्देशिक अस्पताल गौरमा लागिएको र सोही क्रममा करिब १० बजेको समयमा मृत्यु भएको हो । गाेरखापत्र अनलाइन


















