प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनशीप’का विजेतालाई पुरस्कार प्रदान गरेका छन् ।
काठमाडौं महानगरपालिका–२२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम भएका कृष महर्जनलाई प्रधानमन्त्री ओलीले ५ लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरे ।
नेपाल शारीरिक सुगठन तथा फिटनेसको सहकार्यमा भएको उक्त कार्यक्रममा पछिल्ला अन्तरराष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदातालाई सम्मान गरिएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु जीवनको ठूलो सम्पत्ति रहेकाले शारीरिक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने बताउँदै देशवासीको स्वास्थ्य सबल बनाउन तयार पारिकएको स्वास्थ्य नीतिको मूल उद्देश्य निरोगी नेपाल भएकाले आरोग्यका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी भएर देशलाई विश्वमाझ चिनाउने खेलाडीलाई प्रोत्साहन गर्न सरकारले नगद पुरस्काकर प्रदान गर्दै आएको बताए ।















