मनु यादव निरज - सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाले अगामी आ.ब २० ८२/२०८३ निति कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँपालिकाअध्यक्ष खेमचन्द्र यादवले प्रस्तुत गरेका छन् ,कृषि तथा पशु बिकास क्षेत्रलाई प्राथमिकतामा राख्दै ,एक गाउँ एक उत्पादन कार्यक्रम लाई प्राेतशाहन गर्ने निति लिएकाे छ।
भने स्थानीय हावापानी सुहाउँदो प्राविधिक तथा उन्नत बीउ ,माछाका भुरा,उत्पादन व्यवस्थामा सुधार गरि कृषिलाई अनुदान उपलब्ध गराउने निति लिएको छ,यस्तै स्थानीय जातका गाई, भैंसी ,पशु उत्पादनमा वृद्धिका लागि कृतिम गर्भाधान केन्द्रकाे स्थापना गरि कृषकाे आर्जन वृद्धि गरिनेछ ।
यस्तै कृषकहरूकाे उच्च मनाेवल राख्न पशु पंक्षी बालि बिमा कार्यक्रम कार्यान्वयन लेयाइने छ, संगै कृषि तथा पशु पालनमा लागेका उत्कृष्ट गरिने किसानलाई पुरस्कृत गरिने र पालिकाले किसानलाई समयमा मल खध उपलब्ध गराउने छ।

साक्षर गाउँ समुन्नत सहर निति अन्तर्गत बालमैत्रीपुर्ण शिक्षण सिकाइ त्रियाकलापलाई थप सुदृढीकरण गरिनेछ ,संगै एक गाउँ एक पुस्तकालय निति लाई अवलम्बन गरिनेछ ,गाउँभित्र रहेका सम्पूर्ण समुदायिक विधालययका शिक्षक,शिक्षिकाहरूकाे दरबन्दी अघाबधिक गरि थप नयाँ दरबन्दीकाे व्यवस्था मिलाइ गाउँपालिका द्वारा दक्ष शिक्षक प्रबन्ध मिलाउने छ, समुदायमा आधारित स्वास्थ बिमा कार्यक्रम लागु गरिनेछ, यस गाउँपालिकाले एकल महिलालाई गाउँमा राेजगारीका लागि पहिलो प्राथमिकता दिने छ।

गाउँपालिकाले वडाहरूमा सुरक्षा दृश्यतिकाेण मध्यनजर गर्दै सिसि क्यामराबाट निगरानी बढाइने छ र गाउँपालिकाले आ.बि ८२/८३ काे बजेट ५४ करोडौं ३८ लाख २८ हजार बजेट ल्याइएको छ।

















