सिरहा। सिरहा, २०७८ असार १३ — युथ एसोसिएसन अफ नेपाल (YAN) को केन्द्रीय कार्यसमितिको निर्णय अनुसार मनिष कुमार यादवलाई सिरहा जिल्लाको संयोजक पदमा मनोनयन गरिएको छ। संगठनको तर्फबाट एक विज्ञप्ति जारी गर्दै उहाँलाई मनोनित गरिएको जानकारी सहर्ष गराइएको हो।

विज्ञप्तिमा भनिएको छ, "संगठनको विधि, विधान र मर्यादाभित्र रही यादवले सिरहा जिल्लामा यानलाई थप गतिशील बनाउने विश्वास लिएका छौं। उहाँलाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।"
मनिष कुमार यादव सिरहा जिल्लाको सक्रिय युवा अभियन्ताका रूपमा चिनिनुहुन्छ। सामाजिक सेवाभाव, युवा नेतृत्व विकास र संगठन निर्माणमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएका यादवले यानको नीतिगत अभियानलाई जिल्लास्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास लिइएको छ।


















