रौतहटको ईशनाथ नगरपालिका–७ बाट प्रहरीले श्रीमतिको हत्या गरी फरार रहँदै आएका श्रीमानलाई पक्राउ गरेको छ ।
तीन वर्ष अघि श्रीमतिको हत्या गरी गहुँ खेतमा फालेर फरार भएका सोही नगरपालिकाको घिउरा टोल बस्ने फैयाद मिया मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विसं. २०७८ माघ २६ गते मन्सुरीले २० वर्षीय श्रीमति चॉदनी खातुनको घाटीमा सलले बेरी हत्या गरी फरार रहँदै आएका श्रीमान मन्सुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दिपक कुमार रायले बताउनुभयो ।
हत्या गरी मृतक खातुनको शव ईशनाथ नगरपालिका–४ मठियास्थित भगाई साह बनियाँको गहुँ खेतमा फालिएको अवस्थामाफेला परेको थियो । घटनाबारे अनुन्धान गर्दा श्रीमान मन्सुरीको संलग्नता रहेको खुलेको तथा फरार रहँदै आएका निजलाई घटनाको तीन वर्षपछि प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रायले बताउनुभयो ।गाेरखापत्र अनलाइन


















