मनु यादव निरज । सिराहा । मुस्लिम समुदायले आज (शुक्रबार ) इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिन मनाइरहेका छन्। आज पैगम्बरको १४४७ औं जन्मजयन्ती हो। 


जन्मजयन्तीकाे खुशीमा सिरहाको भगवानपुर गाउँपालिका वडा नं.२ गम्हरिया चाैक र भगवानपुर चाैक हुदै नहरा रेयाली निकालेको थियोे ,र अस्थाई प्रहरी पाेस्ट भगवानपुरकाे इन्चार्ज राजेन्द्र मण्डलको कमाण्डमा ८ जना प्रहरी सुरक्षाका लागि खटिएको थिए ।


इस्लामी पात्रोअनुसार हजरत मोहम्मदको जन्म हिजरी संवतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो। 


उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो। 


मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ।


मोहम्मदको जन्मजयन्तीमा मधेस प्रदेश  सहित देश तथा विदेशका इस्लाम धर्मावलम्बीले बाजागाजा र झण्डासहित प्रदर्शन गर्छन्। 


यसैबीच सो अवसरमा मधेस प्रदेश   सरकार र नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ।


मधेस प्रदेश सरकार र नेपाल सरकारले  २०८२ भदौ २० गते मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्मदिनको बिदा लेखिएको छ।