उमेश कुमार साह । सप्तरी : सप्तरीको बोदे बर्साईन स्थित ऐतिहासिक दुर्गा मन्दिर परिसर क्षेत्र दशैको अवसरमा  जागरुक युवा अभियान सप्तरी,नेपालले बोदे बर्साईन नगरपालिका -५ स्थित श्री दुर्गा मन्दिर क्षेत्रलाई सरसफाई गरेको छ। युवाहरूको सक्रियतामा समाज रूपान्तरण नारासहित अभियानले आज (शनिबार) बोदे बर्साईनको स्थित दुर्गा मन्दिरमा सरसफाई गरेको हो।  

received_1147645407463143

अभियानका युवाहरुले बिहान ७:३० बजेदेखि दिउँसो ११ बजेसम्म मन्दिर परिषरमा सरसफाई गरेका थिए। युवा रुपान्तरणका विभिन्न लक्ष्य र योजना राखेको अभियानले आफ्ना कार्यक्रमहरु अब चरणबद्धरुपमा अगाडि बढाउने बताएको छ। उनीहरुको अभियानमा बोदे बर्साईन नगरपालिका अन्तरगतका दर्जनौं युवाहरु सरसफाई गरी सहयोग गरेका थिए।  


सरसफाई कार्यक्रममा बोल्दै अभियानकर्मी सुरेन्द्र प्रसाद साहले विभिन्न सामाजिक कार्यहरु गर्ने हाम्रो अभियानका साथीहरुको लक्ष्य रहेको बताए। अभियानले सरसफाई कार्यक्रमसँगै विभिन्न कार्यक्रमको एजेन्डा पछि पेश गर्ने साहले जानकारी दिए।

received_2559304334428258

सागले हाम्रो अमुल्य सम्पदा क्षेत्रहरू जोगाउन पर्ने हेतुले सरसफाई अभियान सञ्चालन गरेको बताए। उनले अबको दिनहरुमा युवा पुस्ता नै अगाडि बढ्नुपर्नेमा जोड दिए। अभियानले हिजो मात्रै मानराज स्थित डिहबार बाबा मन्दिर र दुर्गा मन्दिर मानराजामा सरसफाइ सँगै छिटै अन्य ऐतिहासिक सम्पदा क्षेत्रहरुमा पनि सरसफाई गर्ने तयारी गरिरहेको छ।