लहान, सिरहा -
लहान प्रादेशिक अस्पतालको हात धुने स्थान दयनीय र जर्जर अवस्थामा रहेको भेटिएको छ। बिरामी र कुरुवाले हात धुने ठाउँमा पानी थन्किएको, फोहोर भरिएको र सबैथरी गन्दगी तैरिरहेको स्पष्ट देखिन्छ। अस्पताल जस्तो संवेदनशील स्थानमा स्वच्छता सम्बन्धी यस्तो लापरबाहीले संक्रमण फैलिने जोखिम झनै बढाएको छ।

बाहिरबाट उपचारका लागि आउने सर्वसाधारणले भने,

“अस्पतालमा उपचार गर्न आउँदा उल्टै रोग लाग्छ जस्तो डर लाग्छ। हात धुने ठाउँ हेर्दा नै hygienic छैन, अरू के अपेक्षा गर्नु?”

छेउकै नालीमा जमेको फोहोर र दुर्गन्धले समेत अस्पताल प्रशासनको उदासीनता झल्काएको छ। नियमित सरसफाइको व्यवस्था नहुँदा अस्पतालको सेवा स्तरबारे पनि प्रश्न उठेको छ।
साना–साना समस्या समाधान गर्न प्रशासन असफल हुँदा, ठूलो स्तरमा सेवा सुधारको आशा जनताले कसरी गर्ने भन्ने स्थानीयको गुनासो छ।

अब प्रश्न उठ्छ -
स्वास्थ्य सुरक्षा र सरसफाइमा सर्वाधिक जिम्मेवारी लिनुपर्ने अस्पतालमै यस्तो दयनीय अवस्था हुँदा नागरिकले कहाँ भरोसा राख्ने?

अस्पताल प्रशासनले तत्कालै सफा–सफाई, प्रवाहको व्यवस्थापन र नियमित अनुगमन गर्ने कि अझै बेवास्ता गर्दै बस्ने — हिसाब चाहिने समय आएको छ।

# जनताको स्वास्थ्यमा खेलवाड नगर — सरसफाइ सुधार गर, सेवा स्तरोन्नति गर