आज मिति २०८२ साल मंसिर २ गते, मंगलबारका दिन नेकपा एकीकृत समाजवादी, सिरहा क्षेत्र नं.–१ को बैठक क्षेत्रीय संयोजक चन्द्र नारायण यादव ज्यूको अध्यक्षतामा सम्पन्न भएछ।

बैठकमा केन्द्र कमिटीले देशभरका ११ वटा विभिन्न पार्टीहरू मिलेर नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको जानकारी राख्दै, सो नवगठित पार्टीमा आफू–हम्रो संगठन पूर्ण रूपमा समाहित हुने प्रस्ताव पेश गरियो।

उक्त प्रस्तावमाथि उपस्थित सबै सदस्यहरूको छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको छ।
बैठकमा पार्टी एकता, आगामी राजनीतिक दिशा–निर्देश, तथा क्षेत्र नं.–१ को संगठन सुदृढीकरणबारे पनि छोटो छलफल भएको जानकारी संयोजक यादवले दिनुभएको छ।