मनु यादव निरज : जनकपुरधाम ।
सिरहाको भगवानपुर गाउँपालिका–४, कल्याणपुर पुरानो टोलका युवा रामबाबु मण्डल क्यान्सर रोगबाट पीडित भई गम्भीर अवस्थामा उपचाररत रहेका छन्। निरन्तर उपचारका क्रममा उच्च खर्च आवश्यक भई परिवारको आर्थिक अवस्था कमजोर बनेपछि उपचारमा कठिनाइ उत्पन्न भएको परिवारले जनाएको छ।
उपचारका लागि आवश्यक रकम जुटाउन अभियान युवा शक्ति भगवानपुर गा. पा को अगुवाइमा सहयोग संकलन अभियान सुरु गरिएको छ। अभियानका संयोजकहरूले सानो–ठूलो सहयोगले समेत जीवन रक्षा सम्भव हुने भएकाले सबैलाई मानवीय आधारमा हात अघि बढाउन आग्रह गरेका छन्।
मण्डलको उपचार खर्च धान्न परिवार आफैं असमर्थ भएपछि समुदाय, संस्थागत निकाय, स्थानीयवासी तथा सहयोगी मनहरुले सहानुभूति र समर्थन प्रदान गर्न अपिल गरिएको छ।
???? सहयोग पठाउने बैंक विवरण
Bank Name: NIC Asia Bank
Account Holder Name: Ranbabu Mandal
Account Number: 1425753273635001
समाजका एक सक्रिय युवा गम्भीर रोगसँग लडिरहेका बेला सहानुभूति र सहयोग आवश्यक रहेको जनाउँदै अभियान समूहले "जीवन बचाउन सबैको थोपा–थोपा सहयोग महत्वपूर्ण" रहेको अभिव्यक्ति दिएको छ।



















