उमेश कुमार साह : बोदे बर्साईन । सानिमा बैंक बोदे बर्साईन शाखा कार्यालयले बैंकको २१ औं बार्षिकउत्सव विविध कार्यक्रम आयोजना गरी मनाएको छ । आइतबार बैंकले बार्षिक उत्सव मनाएको हो ।



बार्षिक उत्सवका अवसरमा बैंकको शाखा कार्यालय बोदे बर्साईनमा आयोजित कार्यक्रममा बैंकका निमित्त शाखा कार्यालय प्रमुख भक्त बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोदे बर्साईन नगरपालिका -५ का वडा अध्यक्ष मो .मोजिबुर रहमानको प्रमुख अतिथि तथा बोदे बर्साईन -५ स्थित मा काली हार्ड्वेयरका प्रो. नारायण भगतको बिशिस्ट अतिथिमा कार्यक्रमको विविध कार्यक्रम आयोजना गरि मनाएको छ।


उक्त कार्याक्रमलाई सम्बोधन गदैं बिष्टले २१ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गरेका थिए । बैंकलाई यो अवस्था सम्म ल्याउन बैंकका संचालक समिति, व्यवस्थापन समूह लगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरुको ठूलो भूमिका रहेको भन्दै उनले प्रत्यक्ष अप्रत्यक्ष बैंकसँग जोडिएका सवैप्रति कृतज्ञता व्यक्त गरे। 


सानिमा बंैकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको बिष्टले बताए ।



बैंकले वार्षिकोत्सवको अवसर पारेर आधुनिक तथा नविनतम प्रविधिको प्रयोग गरी आफ्नो वेवसाइटलाई थप सुविधा सहित परिष्कृतरुपमा संचालनमा ल्याएको छ । उक्त वेबसाइट मार्फत विभिन्न प्रकारका बैंक खाता खोल्न, डिम्याट खाता खोल्न, सीआस्वा र मेरो शेयरको आवेदन दिन सकिने बैंकले जनाएको छ । साथै विदेशमा बस्ने नेपालीहरुले इकेवाइसी तथा भीकेवाइसीबाट खाता अद्यावधिक गर्ने सुबिधा पनि लिन सक्ने बैंकले जनाएको छ ।


सानिमाको सातै प्रदेशमा १३४ वटाकार्यालयहरु र १४५ भन्दा बढी ए.टि.एम. संजालहरु संचालनमा रहेको पनि बार्षिक् उत्सवका अवसरमा जानकारी गराइएको थियो ।