संताेष यादव : लहान । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, लहान शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मधेश प्रदेश प्रमुख प्रमुख अतिथि श्री मनोज कुमार ढहालको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढहालले जीवन बीमाले नागरिकको आर्थिक सुरक्षामा खेलेको भूमिकाको चर्चा गर्दै अभिकर्ताहरू नै बीमा क्षेत्रका मेरुदण्ड भएको बताउनुभयो।

लहान शाखाका शाखा प्रमुख श्री सुरेन्द्र प्रसाद साहले अभिकर्ताहरूको निरन्तर मेहनत, इमान्दारिता र सेवाभावकै कारण रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ग्राहकको विश्वास जित्दै अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँले तालिमले अभिकर्ताहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बीमा सम्बन्धी नवीन नीति, सेवा प्रवाह, ग्राहक सन्तुष्टि र अभिकर्ताको भूमिकाबारे प्रशिक्षण दिइनुका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रम मिति २०८२ साल ०९ महिना ०५ गते, लहानस्थित विशाल होटलमा सम्पन्न भएको हो। कार्यक्रममा लहान शाखाका अभिकर्ता, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


















