मनु यादव निरज: सिरहा। सिरहा क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्य राजकुमार गुप्तालाई  मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरिएको छ। सरकार गठनपछिको मन्त्रिपरिषद् विस्तारसँगै उनी आजै नयाँ जिम्मेवारीमा नियुक्त भएका हुन्।

नवनियुक्त मन्त्रीको केहीबेरमा शपथ ग्रहण कार्यक्रम हुने जनाइएको छ। प्रदेश प्रमुख निवासमा शपथ ग्रहण समारोहको तयारी जारी रहेको स्रोतले बताएको छ।

मधेस सरकारको समसामयिक सदस्य विस्तारमा भौतिक पूर्वाधार विकास मन्त्रालय महत्वपूर्ण मानिँदै आएको छ। त्यसैअनुसार मन्त्रीको जिम्मेवारी पाएका सदस्यले अब प्रदेशका भौतिक पूर्वाधार, संरचना निर्माण, यातायात तथा सडक विस्तारलगायत क्षेत्रमा नीतिगत तथा कार्यगत निर्णय गर्नेछन्।