मनु यादव, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर चोकमा वडा अध्यक्ष पदका प्रत्यासी तथा युवा नेता राम सुरेश यादवले जाडोको कठ्योर चिसोबाट बचाउन दाउरा वितरण गरेका छन्।

शीतलहरका कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला राहतस्वरूप गरिएको दाउरा वितरणले स्थानीयलाई केही सहजता मिलेको छ।

युवानेता यादवले सामाजिक उत्तरदायित्वअनुरूप जनताको आवश्यकता र संकटमा साथ दिन आफू सदैव तत्पर रहेको बताए।

“सेवाभाव र जनसरोकारमै मेरो राजनीति केन्द्रित छ,” यादवले भने, “वडा अध्यक्षमा निर्वाचित भएपनि नभएपनि मानवीय सेवामा निरन्तर रहने छु।”

दाउरा वितरण अभियानको स्थानीयवासीले स्वागत गर्दै कठिन समयमा गरिएको सहयोगको प्रशंसा गरेका छन्।
यसै क्रममा अन्य बस्ती र घरपरिवारलाई पनि क्रमशः सहयोग पुर्‍याइने योजनाबारे यादवले जानकारी दिए।