सिरहा । प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नं. १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपाल का केन्द्रीय सदस्य सत्यनारायण यादव ले आज उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ।
देश अन्योल, राजनीतिक अस्थिरता र निराशाको अवस्थाबाट गुज्रिरहेको समयमा संघीयता, समावेशिता र पहिचानका मुद्दा बोकेको जसपा नेपालजस्तो दलको आवश्यकता बढ्दै गएको पार्टीले जनाएको छ।
अधिकार र न्यायका लागि निरन्तर संघर्ष गर्दै आएको नेतृत्वलाई सुदृढ बनाउने उद्देश्यसहित यादवलाई उम्मेदवार बनाइएको जसपा नेपालले स्पष्ट पारेको छ।















