सिरहा — सिरहा नगरपालिका वडा नं. १९ निवासी आर्थिक रूपमा कमजोर मनुहरा डोमको छोरीको विवाह कार्यक्रममा स्थानीय युवा समाजसेवी तथा अभियानी मनिष कुमार यादवले खाद्यान्न सामग्री सहयोग प्रदान गरेका छन्।

विवाह समारोहमा आउने बरातीहरूको खानपान व्यवस्थापनमा समस्या हुन सक्ने जानकारी पाएपछि यादवले २ बोरा चामल, ५ केजी दाल, आवश्यक मसला तथा तेल उपलब्ध गराई सहयोग गरेका हुन्।


आर्थिक अभावका कारण विवाह व्यवस्थापन गर्न कठिनाइ भइरहेको अवस्थामा प्राप्त उक्त सहयोगले परिवारलाई ठूलो राहत पुगेको जनाइएको छ। स्थानीयका अनुसार यादवको सहयोगले विवाह कार्यक्रम सहज रूपमा सम्पन्न गर्न मद्दत पुगेको छ।

यस अवसरमा यादवले समाजमा आर्थिक रूपमा कमजोर, विपन्न तथा समस्यामा परेका परिवारहरूको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै मानवीय सेवाका यस्ता कार्यमा आफू सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय बासिन्दाहरूले पनि यादवको यस मानवीय कार्यको प्रशंसा गर्दै यस्ता सहयोगले समाजमा सहयोग, सहकार्य र मानवताको भावना अझ बलियो बनाउने बताएका छन्।