कुलानन्द यादव/सिरहा/असोज /२३ । भगवानपुर गाउँपालिकाको आयोजनामा सुरु भएको पालिकास्तरीय क्रिकेट प्रतियोगितामा भगवानपुर गाउँपालिकाले शानदार जित हासिल गरेको छ। प्रतिस्पर्धात्मक खेलमा भगवानपुरले बलान बिहुल गाउँपालिकालाई पराजित गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेको हो।

IMG_20261009_142840

खेलमा भगवानपुर गाउँपालिकाले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जवाफमा बलान बिहुल गाउँपालिकाले १५ ओभरमा ३ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो। यससँगै भगवानपुर गाउँपालिकाले बलान बिहुलमाथि शानदार जित दर्ता गरेको छ।

भगवानपुरको जितमा हरि मण्डलले उत्कृष्ट ब्याटिङ गर्दै ६६ रन बनाए। उनले आफ्नो इनिङ्समा ७ छक्का प्रहार गर्दै दर्शकलाई रोमाञ्चित बनाए।यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रममा भगवानपुर गाउँपालिका अध्यक्ष प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

IMG20261009143340

विशिष्ट अतिथिका रूपमा बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव तथा भगवानपुर गाउँपालिका-५ का वडाध्यक्ष अमरलाल यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी, शिक्षक, स्वयंसेवक तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।