काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने भएका छन्। विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको निर्मल निवासस्थित संवाद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार गत भदौमा हिमपहिरोबाट आएको बाढी र असोजमा परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ मानिस विस्थापित भएकाले पूर्वराजा शाहले यस वर्ष दसैँ सादगीपूर्वक मनाउने निर्णय गरेका हुन्।

यस निर्णयसँगै यस वर्ष विजयादशमीका दिन निर्मल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गरिने छैन।